ओली सरकारले एसपीपी कार्यान्वयन गर्ने सम्झौता गरिसक्यो : प्रचण्ड

NAWALPUR TIMES
प्रकाशित : २०७९ असार २ गते १०:५३
ओली सरकारले एसपीपी कार्यान्वयन गर्ने सम्झौता गरिसक्यो : प्रचण्ड

काठमाडौं । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्ववर्ती सरकारले एसपीपी कार्यान्वयन गर्ने सम्झौता गरिसकेको बताएका छन् ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय कोटेश्वर, पेरिसडाँडामा आयोजित एक कार्यक्रममा उनले सन् २०१९ मा केपी शर्मा ओली नेतृत्वको सरकारले एसपीपी कार्यान्वयन गर्ने सम्झौता गरिसकेको बताएका हुन् ।

“एसपीपी सम्झौता कार्यान्वयन गर्ने काम सन् २०१९ मा केपी ओली नेतृत्वको सरकारले सम्झौता गरिसकेको तथ्य इतिहासमा छ,” उनले भने, “यो कुरा हामी सबैले बुझ्न जरुरी छ ।”

तर, आफूहरू कुनै सैन्य सम्झौता गर्ने पक्षमा नरहेको उनले उल्लेख गरे । “हाम्रो यो गठबन्धन त्यस्तो कुरामा लाग्दैन । जाँदैन । हामी नेपालको राष्ट्रिय स्वाधीनताको पक्षमा, नेपालको विकास र समृद्धिका पक्षमा दृढताका साथ उभ्भिन्छौँ,” उनले भने ।

प्रकाशित : २०७९ असार २ गते १०:५३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI