चितवनमा युवतीलाई बाघले खाइरहेको देखेपछि सेनाले पाँच राउण्ड हवाई फायर गर्‍यो

NAWALPUR TIMES
प्रकाशित : २०७९ असार २ गते १३:३५
चितवनमा युवतीलाई बाघले खाइरहेको देखेपछि सेनाले पाँच राउण्ड हवाई फायर गर्‍यो

चितवन- चितवनको मेघौलीमा निउरो टिप्न जंगल गएकी एक युवतीको बाघको आक्रमणबाट मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडानम्बर २७ बस्ने वर्ष २३ की पूर्व म्यादी प्रहरीसमेत रहेकी रेखा बस्नेतलाई बिहीबार बिहान बाघले वेपत्ता बनाएको थियो । उनको व्यपत्ता बनाएको स्थानबाट ३ सय मिटर पश्चिममा बाघले खाइरहेको अवस्थामा नेपाली सेनाले फेला परेको छ । बाघ धपाउन सेनाले पाँच राउण्ड हवाई फायर गरेको छ । युवतीको टाउको र छातीको भाग बाघले खाइसकेको शवको मुचुल्का उठाइसकेको प्रहरीले जनाएको छ ।

स्थानीय राधाकृष्ण मध्यवर्ती सामुदायिक वनमा बस्नेतसहित ९–१० जना महिला निउरो टिप्न गएका थिए । इलाका प्रहरी कार्यालय दिब्यनगर, इलाका प्रहरी कार्यालय फूलवारीबाट प्रहरी तथा खड्क दल गणबाट सेनाको टोली बस्नेतको खोजी गरेको हो ।-नारायणी अनलाईन

प्रकाशित : २०७९ असार २ गते १३:३५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI