बिक्री गरिसकेको विद्युतीय कार फिर्ता माग्दै टोयोटा, यस्तो छ कारण

NAWALPUR TIMES
प्रकाशित : २०७९ असार १५ गते १२:५५
बिक्री गरिसकेको विद्युतीय कार फिर्ता माग्दै टोयोटा, यस्तो छ कारण

काठमाडौं । चर्चित कार निर्माता कम्पनी टोयोटाले बिक्री गरिसकेको विद्युतीय कार बीजेड४एक्स एसयूभी ग्राहकबाट फिर्ता मागेको छ ।

कम्पनीले पहिलो चरणमा उत्पादन गरेको २७ सय कारमा समस्या देखिएपछि कम्पनीले फिर्ता गर्न अनुरोध गरेको हो । कम्पनीका अनुसार अधिकांश कारको पाङ्ग्रा आफैं खुकुलो हुने र खस्ने जोखिम देखिएको छ ।

यसले चालकको ज्यान खतरामा पार्नसक्ने भन्दै कम्पनीले तत्कालै पहिलो चरणमा निर्माण भएको सम्पूर्ण कार फिर्ता लिन लागेको हो ।

कम्पनीले विद्युतीय गाडी निर्माण गरी बजारमा पठाएको दुई महिनामात्रै भएको छ । साथै टोयोटासँग मिलेर अर्को कार निर्माता कम्पनी सुबारुले बजारमा पठाएको उक्त लटका कार पनि फिर्ता बोलाएको जनाइएको छ ।

सुबारुले बजारमा २६ सय कार पठाएको थियो ।

प्रकाशित : २०७९ असार १५ गते १२:५५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI