दाउन्ने यात्रुबाहक बस आगलागी : घाईतेको संख्या ३६ पुग्यो ( विवरण सहित )

NAWALPUR TIMES
प्रकाशित : २०७९ साउन ११ गते ११:२१
दाउन्ने यात्रुबाहक बस आगलागी : घाईतेको संख्या ३६ पुग्यो ( विवरण सहित )

नवलपुर । पूर्व पश्चिम राजमार्गको नारायणघाट बुटवल सडकखण्डको दाउन्नेमा गुडिरहेको यात्रुबाहक बस अनियन्त्रित भइ सडक छेउँको भित्तामा ठोक्किएर आगलागी हुँदा ३६ जना घाइते भएका छ्न् ।

बुधबार बिहान ५ बजेको समयमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ५ ख ५१०० नं को बस दाउन्ने सडक खण्डको विश्वकर्मा बाबा नजिकै सडकको दायाँ छेउँमा अनियन्त्रित भइ ठोक्किएर आगलागी भएको नवलपुर प्रहरीले जनाएको छ ।

आगलागीबाट बसमा सवार शुरुआतमा ३१ र त्यसपछि ३३ जना भनिएकामा प्रहरीले अहिले ३६ जना घाइते भएको जनाएको छ । बसमा सबार सबै घाइते भएका हुन् । जसमा ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

यो हो घाइतेहरुको पूर्ण विवरण र उनीहरुको उपचारस्थल-

प्रकाशित : २०७९ साउन ११ गते ११:२१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI