“३६ औं युनाईटेड गोल्ड कप” भाद्र १० गते देखि, देशभरका चर्चित फुटवल क्लब हुप्सेकोटमा आमनेसामने हुँदै

NAWALPUR TIMES
प्रकाशित : २०७९ भदौ १ गते १९:२१
“३६ औं युनाईटेड गोल्ड कप” भाद्र १० गते देखि, देशभरका चर्चित फुटवल क्लब हुप्सेकोटमा आमनेसामने हुँदै

नवलपुर ।  “युनाईटेड गोल्ड कप”को ३६ औं संस्करण भाद्र १० गते देखि संचालन हुने भएको छ । हुप्सेकोट ०३ गिरुवारी स्थित जिल्लाकै पुरानो युवा कलब युनाईटेड युवा क्लबको आयोजनामा “३६ औं युनाईटेड गोल्ड कप”को नामबाट खुल्ला जिल्ला स्तरिय नकआउट फुटवल प्रतियोगिता आयोजना हुन लागेको हो ।

लगातार ३५ बर्ष सम्म फुटवल प्रतियोगिता आयोजना गरेर ईतिहास रच्न सफल यस क्लबले बिगतका २ बर्ष कोरोना महामारीका कारण खेल आयोजना गरेको थिएन । यस पटक भने पुर्ण स्वास्थ्य मापदण्ड पालना गरेर “३६ औं युनाईटेड गोल्ड कप फुटवल प्रतियोगिता” आयोजना गरिएको क्लबका खेल संयोजक भिम सुनारीले जानकारी दिए ।

खेलमा प्रथम हुने फुटवल क्लबले नगद २ लाख २२ हजार २ सय २२ रुपैयाँ तथा द्वित्तिय हुनेले १ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन भने हाईस्कोरर,बेस्ट प्लेयर एबं सेमिफाईनलबाट बाहिरिने क्लबले नगद २५ हजार ५ सय २५ रुपैयाँ प्राप्त गर्ने सुनारीले जानकारी दिए ।

“स्वास्थ्यका लागि खेलकुद,रास्ट्रका लागि खेलकुद” नारा तय गरिएको आयोजनामा देशभरका चर्चित फुटवल क्लब तथा चर्चित खेलाडीहरु उपाधीका लागि आमने सामने हुनेछन ।

हुप्सेकोट ३ गिरुवारी स्थित सरस्वती मा.बि.को खेल मैदानमा संचालन हुने उक्त आयोजनामा प्रतियोगी हुन चाहने फुटवल क्लबले भाद्र ७ गते सम्म टिम दर्ता गर्ने सक्नेछन भने टिम दर्ता शुल्क ११ हजार १ सय ११ रुपैयाँ तय गरिएको छ । जिल्ला बाहिरका फुटवल क्लबलाई भने टिम दर्ता शुल्क फिर्ता गरिने आयोजकले नवलपुर टाईम्सलाई जानकारी दिएको छ ।

प्रकाशित : २०७९ भदौ १ गते १९:२१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI