तिजको नाच हेर्ने क्रममा ‘ग्याङ फाइट’, एकजनाको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७९ भदौ १५ गते ९:४६
तिजको नाच हेर्ने क्रममा  ‘ग्याङ फाइट’, एकजनाको मृत्यु

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१०, बामेखोला पटानटोलमा दुई समूहबीचको झडपमा एकजनाको मृत्यु भएको छ ।

तिजको नाच हेर्ने क्रममा मंगलबार राति युवाबीच झडप हुँदा स्थानीय २४ वर्षीय रोशन जिसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए । घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

“स्थानीयसँग सोधपुछ गर्दा दुई समूहबीच झडप हुँदा जिसीको मृत्यु भएको बुझिन आएको छ, अनुसन्धान हुँदै छ,” उनले भने, “मृतकको टाउकोमा गम्भीर चोट छ । घटनामा संलग्नको पहिचान र खोजी जारी छ ।”

प्रकाशित : २०७९ भदौ १५ गते ९:४६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI