नवलपुर १(ख) मा काँग्रेसबाट १५ जना आंकाक्षीको आवेदन

NAWALPUR TIMES
प्रकाशित : २०७९ भदौ १६ गते १७:५५
नवलपुर १(ख) मा काँग्रेसबाट १५ जना आंकाक्षीको आवेदन

नवलपुर । नवलपुर निर्वाचन क्षेत्र नं. १ (ख) को निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ काँग्रेसबाट १५ जनाले उम्मेद्वारीका लागि आवेदन दिएका छन् । नेपाली काँग्रेस प्रदेश सभा क्षेत्रीय समिति नवलपुर १ (ख) का सचिव वसन्त पोख्रेलका अनुसार प्रत्यक्ष तर्फ ५ जना र समानुपातिक तर्फ १० जनाको उम्मेद्वारी परेको छ ।

प्रत्यक्ष तर्फ काँग्रेसका नेताहरु ओमकला गौतम, बालकृष्ण घिमिरे, भोजेन्द्र रायमाझी , विष्णुदेवी पाण्डे र रामचन्द्र भट्टराई आरसीले उम्मेद्वारीका लागि आवेदन दिएका छन् ।

समानुपातिक तर्फ राजेन्द्र पराजुली, सीता कुँवर, एक नारायण शर्मा अधिकारी, शान्ति तिवारी, अमृता सिग्देल, अमरसिंह बिक, लिला राना मास्के, लक्ष्मी बस्ताकोटी, यमकला बस्याल र अशोक बस्ताकोटीले आवेदन दर्ता गराएका हुन् ।

नेपाली काँग्रेस प्रदेश सभा क्षेत्रीय समिति नवलपुर १(ख) आज एकदिनको समय दिएर  मंसीर ४ मा हुने निवार्चनमा उम्मेदवार बन्न चाहनेको नाम माग गरेको थियो । सरकारले यही मंसीर ४ गते प्रदेश सभा सदस्य र प्रतिनिधि सभा सदस्यका लागि निर्वाचन गर्ने घोषणा गरेको छ ।

प्रकाशित : २०७९ भदौ १६ गते १७:५५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI