नारायणी नदीको पुलबाट एक युवाले हाम फाले,खोजी कार्य हुँदै

NAWALPUR TIMES
प्रकाशित : २०७९ भदौ २१ गते १०:४५
नारायणी नदीको पुलबाट एक युवाले हाम फाले,खोजी कार्य हुँदै

नवलपुर । नारायणी नदीमा फेरी एक युवाले हाम फालेका छन् । आज (मंगलबार) बिहान ९ः१० बजेको समयमा भरतपुर महानगरपालिका ३ नारायणी नदी पुलबाट नाम थर नखुलेका अन्दाजी २५/३० वर्षका पुरुष हाम फालेर व्यपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । घटना थाहा भए लगत्तै वडा प्रहरी कार्यालय नारायणगढको टोली विपद् उद्धार सामाग्रीसहित पुगेको थियो । अहिले खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७९ भदौ २१ गते १०:४५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI