“३६ औं युनाईटेड गोल्ड कप” को उपाधीका लागि जे एफ सि झाक्रे र नमुना युवा क्लब खेल्दै

NAWALPUR TIMES
प्रकाशित : २०७९ असोज ३ गते १२:४५
“३६ औं युनाईटेड गोल्ड कप” को उपाधीका लागि जे एफ सि झाक्रे र नमुना युवा क्लब खेल्दै

नवलपुर । हुप्सेकोटमा सन्चालन भएको “३६ औ युनाईटेड गोल्ड कप फुटबल प्रतियोगिताको फाईनल खेल आज हुँदैछ । युनाईटेड युवा क्लब हुप्सेकोट-३ को आयोजनामा भाद्र १० गते देखि सुरु भएको प्रतियोगितामा २४ टिम सहभागी भएका थिए ।
आज हुने फाईनल खेलमा जे.एफ.सि.झाक्रे देवचुली र नमुना युवा क्लब कावासोती बिच हुने आयोजकले जनाएको छ

प्रतियोगितामा प्रथम हुनेले नगद २ लाख २२ हजार २ सय २२ रुपैयाँ र दित्तिय हुनेले नगद १ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ प्राप्त गर्नेछन ।
त्यस्तै उत्कृष्ट खेलाडी,सर्वाधिक गोलकर्तालाई पनि नगद सहित सम्मान गरिने खेल संयोजक भिम सुनारीले नवलपुर टाईम्सलाई बताए ।

प्रकाशित : २०७९ असोज ३ गते १२:४५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI