म माथी गम्भीर षड्यन्त्र भयो :सन्दिप लामिछाने

NAWALPUR TIMES
प्रकाशित : २०७९ असोज ९ गते २२:३४
म माथी गम्भीर षड्यन्त्र भयो :सन्दिप लामिछाने
MELBOURNE, AUSTRALIA - JANUARY 04: Sandeep Lamichhane of the Stars celebrates after dismissing Tom Cooper of the Renegades during the Big Bash League match between the Melbourne Stars and the Melbourne Renegades at the Melbourne Cricket Ground on January 04, 2020 in Melbourne, Australia. (Photo by Daniel Pockett/Getty Images)

नवलपुर । नेपाली क्रिकेटका पूर्वकप्तान सन्दीप लामिछानेले आफूविरुद्ध गम्भीर षड्यन्त्र भएको बताएका छन् ।

आइतबार राति सामाजिक सञ्जालमार्फत उनले आफू अहिले मानसिक र शारीरिक तनावका कारण आइसोलेसनमा रहेको समेत बताएका छन् ।

“मलाई एकातिर मानसिक असर गर्‍यो भने अर्कोतिर म बिरामी अवस्थाबाट गुज्रिन पर्‍यो र मानसिक तनाव र स्वास्थ्य खराबीको कारणले मैले मलाई आइसोलेसनमा राखेर बसेको छु,” उनले भनेका छन् ।

साथै आफू चाँडै नेपाल आउन लागेको उनले बताएका छन् ।

“झुट्टा जाहेरी कै भरमा अपराधीको चित्रणले मलाई मानसिक र शारीरिक रूपमा प्रभावित भई असन्तुलित अवस्थामा पुगि डाक्टरहरूको सरसल्लाहामा आफूलाई सामान्य अवस्थामा ल्याउँदै आएको छु र मेरो स्वास्थ्यमा क्रमिक सुधार आउँदै छ र जति सक्दो चाँडो नेपाल फर्किएर म विरुद्धको झुटा उजुरीको डटेर प्रतिवाद गर्न नेपाल फर्किने तरखरमा छु,” उनले लेखेका छन् ।

प्रकाशित : २०७९ असोज ९ गते २२:३४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI