सल्यानमा जिप दुर्घटना: ८ जनाको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७९ असोज १२ गते ७:२४
सल्यानमा जिप दुर्घटना: ८ जनाको मृत्यु

सल्यान ।  सल्यानको कपुरकोटमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।

बाँकेको धकेरीबाट सल्यानको कपुरकोटमा बिहे भोजमा सहभागी हुनेहरूलाई लिएर फर्किएको रा१ज ५६३ नम्बरको जीप गएराति कपुरकोट गाउँपालिका–३ मूलपानीमा दुर्घटना भएको गाउँपालिका अध्यक्ष दुर्गा पुनले लोकान्तरलाई जानकारी दिए ।

अध्यक्ष पुनका अनुसार मृतक तथा घाइतेको पहिचान खुलिसकेको छ ।

दुर्घटनामा मृत्यु हुनेहरूमा कपुरकोट गाउँपालिका वडा नम्बर ६ का धर्म वली, बसन्त वली, अशोकबहादुर वली, कुमारी वली, होमलाल वली, सुरेश खत्री, बस चालक जीतबहादुर वली रहेका छन् ।

यस्तै सोही गाउँपालिका वडा नम्बर ५ का ललित वलीको पनि दुर्घटनामा मृत्यु भएको गाउँपालिका अध्यक्ष पुनले जानकारी दिए ।

उनले भने,’चालक करीब २/३ दिनदेखि राम्रोसँग निदाएका थिएनन् । दुर्घटनाको अवस्था हेर्दा चालक अनिदो हुनु नै कारण भएको प्रारम्भिक अनुमान छ ।’

घाइते तिलक वलीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

उनका अनुसार राति करीब २ बजे जीप दुर्घटना भएको थियो ।

अहिले शवहरू पोस्टमार्टमका लागि  अस्पताल पठाइएको अध्यक्ष पुनले जानकारी दिए ।

प्रकाशित : २०७९ असोज १२ गते ७:२४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI