सिट संख्या भन्दा दोब्बर यात्रु बोकेको अटो दुर्घटना

NAWALPUR TIMES
प्रकाशित : २०७९ असोज २२ गते १८:२६
सिट संख्या भन्दा दोब्बर यात्रु बोकेको अटो दुर्घटना

कावासोती । पुर्वी नवलपरासीको देवचुली-६ कुमसोतमा अटो दुर्घटना हुदाँ ८ जना घाईते भएका छ्न ।

देवचुलीको कुमसोत बाट दलदले तर्फ आउदै गरेको ग-प्र०४-००१ह-००११ नंको अटो दुर्घटना १३ वर्षीय बालक सहित हुँदा ८ जना घाइते भएका अस्थायी प्रहरी चौकी दलदलेका प्रहरी सहायक निरीक्षक डम्बरबहादुर खत्री क्षेत्रीले बताउनु भयो ।

घाईते मध्य गम्भीर ४ जनालाई थप उपचारका लागि भरतपुर पठाईएको र अन्यको देवचुली अस्पताल दलदलेमा उपचार भईरहेको क्षेत्रीले बताए ।

अटोमा चालक सहित ४ जनाको सिट हुने भए पनि चालक सहित ८ जना यात्रु बोकेर ओरालो झर्ने क्रममा दुर्घटना भएको क्षेत्रीले बताउनु भयो ।

 

प्रकाशित : २०७९ असोज २२ गते १८:२६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI