नवौं राष्ट्रिय खेलकुद : दुई खेलका २ सय ४२ जना खेलाडी नवलपुरमा खेल्दै

NAWALPUR TIMES
प्रकाशित : २०७९ असोज २३ गते ११:४७
नवौं राष्ट्रिय खेलकुद : दुई खेलका २ सय ४२ जना खेलाडी नवलपुरमा खेल्दै

कावासोती । असोज २८ गते देखि गण्डकी प्रदेशको राजधानी पोखरामा राष्ट्रपति विद्यादेवी भण्डारीले उदघाटन गर्ने नवौं राष्ट्रिय खेलकुदको दुईवटा स्पर्धा नवलपुरमा हुने भएको छ ।

जिल्लामा नवौं राष्ट्रिय खेलकुदको दुईवटा स्पर्धा हुने तय सँगै आवश्यक तयारी सुरु गरिएको र अहिले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जिल्ला खेलकुद विकास समिति नवलपुरका कार्यालय प्रमुख विष्णुलाल श्रेष्ठले जानकारी दिनु भयो ।

नवलपुरमा कुस्ती र सेपाताक्रोको राष्ट्रिय प्रतियोगिता हुदैछ जसमा कुस्ती तर्फ १ सय ५८ र सेपाताक्रो तर्फ ८४ जना गरि २ सय ४२ जना खेलाडीले भाग लिने श्रेष्ठले बताउनु भयो ।

प्रतियोगिताको कुस्ति थारु राष्ट्रिय संग्रहालय डन्डा र सेपाताक्रो कावासोतिमा रहेको योङ्ग स्टार क्लबको कभर्डहलमा हुने प्रमुख श्रेष्ठले बताउनु भयो ।

प्रतियोगिता असोज २८ बाट सुरु हुने भए पनि पुर्वी नवलपरासीमा असोज २९ देख कार्तिक १ गते सम्म खेल सन्चालन हुने जनाईएको छ ।

प्रकाशित : २०७९ असोज २३ गते ११:४७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI