दसैँमा एक हजार ३४३ सवारी दुर्घटना : ९७ जनाको मृत्यु, एक हजार ३९८ घाइते

NAWALPUR TIMES
प्रकाशित : २०७९ असोज २४ गते ८:१५
दसैँमा एक हजार ३४३ सवारी दुर्घटना : ९७ जनाको मृत्यु, एक हजार ३९८ घाइते

काठमाडौं । यसवर्षको दसैँको अवधिमा देशभर साना ठूला गरी एक हजार ३४३ सवारी दुर्घटना भएका छन् । जसमा ९७ जनाको मृत्यु भएको छ भने एक हजार ३९८ जना घाइते भएका छन् । तीमध्ये २४८ जना गम्भीर घाइते रहेका छन् ।

असोज १० गते घटस्थापनायता उक्त संख्यामा दुर्घटना भएका हुन् । यसमा हिजो आइतबार भएका दुर्घटनाको संख्या जोडिएको छैन । ती दुर्घटनामा ६७ जना पुरुष र २२ जना महिला तथा आठ बालबालिकाले ज्यान गुमाएका नेपाल प्रहरीको तथ्यांक छ ।

प्रहरीको तथ्यांकअनुसार दुर्घटनामा १७६ पुरुष, ५१ महिला, १५ बालक र ६ जना बालिका गरी कूल २४८ जना गम्भीर घाइते भएका छन् । यस्तै, ७१९ पुरुष, २६६ महिला, ९१ बालक र ६५ जना बालिका गरी जम्मा एक हजार १४१ जना साधारण घाइते भएका छन् ।

काठमाडौं उपत्यकामा मात्रै यसअवधिमा सात जनाको दुर्घटनामा परेर मृत्यु भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । उपत्यकामा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने तीन र चार जना पैदल यात्रीको मृत्यु भएको हो ।

 

प्रकाशित : २०७९ असोज २४ गते ८:१५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI