कावासोती ११मा वडा कार्यालय र आधारभुत स्वास्थ्य केन्द्रको सेवा अब आफ्नै भवनबाट

NAWALPUR TIMES
प्रकाशित : २०७९ असोज २७ गते १३:४७
कावासोती ११मा वडा कार्यालय र आधारभुत स्वास्थ्य केन्द्रको सेवा अब आफ्नै भवनबाट

काशिराम महतो/कावासोती – नवलपुरको कावासोती नगरपालिकाको वडा नं ११ ले आफ्नै कार्यालयबाट सेवा दिन सुरु गरेको छ ।
कावासोती नगरपालिकाको नगरस्तरिय योजना अन्तर्गत ६१ लाखको योजनामा भवन निर्माण सम्पन्न भए सँगै वडा कार्यालय आफ्नै भवनबाट सन्चालनमा आएको हो ।

बिहिबार कावासोती नगरपालिकाका नगरप्रमुख विष्णुप्रसाद भुसालले वडा कार्यालयको उदघाटन गरे सँगै वडा कार्यालयबाट सेवा दिन सुरु गरिएको कावासोती ११ का वडा अध्यक्ष शारदाप्रसाद अधिकारीले बताउनु भयो । चितवन रत्ननगरका डिल्लीराम आर्चाय र दाजुभाईले निशुल्क प्रदान गर्नु भएको करिब ३ कटठा जग्गामा वडा कार्यालय भवनको निमार्ण भएको अधिकारीले बताउनु भयो ।

वडा कार्यालय सँगै वडा मा निमार्ण भएको आधारभुत स्वास्थ्य सेवा केन्द्रले समेत बिहिबारबाट आफ्नै भवनबाट सेवा दिन सुरु गरेको अध्यक्ष अधिकारीले बताउनु भयो । पूर्वी नवलपरासी गैडाकोट-४ का केशवप्रसाद पौडेलले  निशुल्क प्रदान गर्नु भएको जग्गामा नगरपालिकाको २४ लाख ५० हजार लागतमा आधारभुत स्वास्थ्य सेवा केन्द्रको निमार्ण भएको हो ।

वडामा यस अघि वडा कार्यालय र आधारभुत स्वास्थ्य सेवा केन्द्र भाडाको घरमा सन्चालमा थिए । नर्थ साउथ पोखरा निमार्ण कम्पनीले निमार्णको जिम्मा पाएको वडा कार्यालय करिब २ वर्षमा निमार्ण सम्पन्न भएको हो ।

प्रकाशित : २०७९ असोज २७ गते १३:४७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI