खुकुरी प्रहार गरी युवकको हत्या

NAWALPUR TIMES
प्रकाशित : २०७९ कार्तिक १२ गते ९:४७
खुकुरी प्रहार गरी युवकको हत्या

नवलपुर ।  माडी नगरपालिका–४ घोसरीमा खुकुरी प्रहार गरी एक युवकको हत्या गरिएको छ । सँगै बसेर मदिरा सेवन गरेका साथीले खुकुरी प्रहार गरी अन्दाजी ३३ वर्षीय जीवन नेपालीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको माडी प्रहरीले जनाएको छ । घटनास्थल नजिकै रगतमा लतपतिएको खुकुरी प्रहरीले फेला पारेको छ ।

परियारको हत्या गरेको आरोपमा प्रहरीले उनकै साथी नवलपरासी गैंडाकोट नगरपालिका–७ टोलटोले बस्ने तिर्थ बहादुर कुमालको छोरा ३४ वर्षीय सुरेश बहादुर कुमाललाई पक्राउ गरेको छ । माडी नगरपालिका–४ घोसरीमा मदिरा सेवन गर्ने क्रममा विवाद निम्तिएपछि गएराती करिब १० बजेतिर नेपालीको उनले हत्या गरेका थिए । हत्या गरेर भाग्ने क्रममा कुमाललाई प्रहरीले माडी–३ बाट नियन्त्रणमा लिएको हो ।

प्रकाशित : २०७९ कार्तिक १२ गते ९:४७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI