सन्दीप लामिछाने विरुद्ध मुद्दा  दर्ता गरिदै

NAWALPUR TIMES
प्रकाशित : २०७९ कार्तिक १४ गते ८:४६
सन्दीप लामिछाने विरुद्ध मुद्दा  दर्ता गरिदै

नवलपुरनेपाली क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध आज सोमबार मुद्दा दर्ता गर्ने तयारी गरेको छ ।

किशोरी बलात्कारको आरोपमा पक्राउ परेका उनीविरुद्ध प्रहरीले अनुसन्धान सकेर प्रतिवेदन बुझाएको १ हप्तापछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गर्न लागेको हो ।

विदेशबाटै फर्कंदै गर्दा  २० असोजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका सन्दीप प्रहरी हिरासतमा बसिसकेका छन् । जबर्जस्ती करणी मुद्दामा प्रहरीले अधिकतम २५ दिनसम्म मात्र थुनेर अनुसन्धान गर्न पाउँछ । तर, तिहार र छठको एक साता लामो बिदाका कारण सन्दीप २५ दिनभन्दा लामो समय हिरासतमा बसेका थिए ।

आज सोमबार अदालत खुलेसँगै सरकारी वकिलको कार्यालयले मुद्दा दर्ताको तयारी गरेको हो । १७ वर्षीया किशोरीले आफूमाथि सन्दीपले काठमाडौँको एक होटलको ३०५ नम्बर कोठामा लगेर बलात्कार गरेको भन्दै प्रहरी वृत्त गौशालमा भदौ २१ गते किटानी जाहेरी दिएपछि उनी पक्राउ परेका थिए ।

प्रकाशित : २०७९ कार्तिक १४ गते ८:४६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI