मंसिर २ देखि ४ गते सम्म नेपाल भारत सिमा बन्द हुने

NAWALPUR TIMES
प्रकाशित : २०७९ कार्तिक १६ गते ८:४३
मंसिर २ देखि ४ गते सम्म नेपाल भारत सिमा बन्द हुने

कावासोती । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको लागी नेपाल र भारतको सिमा मंसिर २ देखि ४ गते सम्म बन्द हुने भएको छ ।

मंगलबार भारत बिहारको रक्सौलमा नेपाल र भारतका सिमावर्ती जिल्लाहरुका सुरक्षा निकायका प्रमुख र उच्च अधिकारीहरूको बैठकमा आगामी निर्वाचनका लागि मंसिर २ देखि ४ गतेसम्म सीमा सिल गर्ने सहमति भएको पुर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिनु भयो ।

दुई देशका प्रतिनिधिमण्डलको बैठकमा भारतको बिहारसँग सिमा जोडिएका नेपालका पर्सा, बारा, रौतहट, चितवन र नवलपरासी ब.सु.पूर्व र पश्चिमका सीमा २०७९ मंसिर २ देखि ७२ घण्टाका लागि सिल गर्ने सहमति भएको बैठकमा नेपालको तर्फबाट नेतृत्व गर्नु भएका पुर्वी नवलपरासीका प्रजिअ घिमिरेले बताउनु भयो ।

नेपालका पुर्वी नवलपरासी, पश्चिम नवलपरासी, चितवन, पर्सा,बारा, र रौतहट र भारतका सीमावर्ती जिल्ला पूर्वी र पश्चिम चम्पारणका सुरक्षा निकायका प्रमुख र उच्च अधिकारीहरू सम्मिलित बैठकमा सूचना प्रेषणमा प्रभावकारिता, अन्तर सीमा अपराध नियन्त्रण, जाली नोट र लागूऔषधको ओसारपसार, तस्करी, अन्य गैरकानूनी गतिविधि, मदिरा तस्करी नियन्त्रण लगायतका विषयमा एकापसमा सहयोग आदान प्रदान गर्ने विषयमा छलफल र समझदारी भएको घिमिरेले बताउनु भयो ।

भारतको तर्फबाट बैठकको नेतृत्व पूर्वी चम्पारण जिल्लाका जिल्ला अधिकारी सिरसत कपिल अशोकले गर्नु भएको थियो ।

प्रकाशित : २०७९ कार्तिक १६ गते ८:४३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI