देवचुलीमा पुन: मतदान

NAWALPUR TIMES
प्रकाशित : २०७९ मंसिर ५ गते १०:१०
देवचुलीमा पुन: मतदान
k'gM dtbfg x'Fb} sfjf;f]tL, % dªl;/ M k"jL{ gjnk/f;Lsf] b]jr'nL gu/kflnsf–$ l:yt zflGt ;[hgf lgdflj s]G›df lxhf] cfOtaf/ :ylut ePsf] k|b];tkm{sf] ;dfg'kflts dtbfg s8f ;'/IffaLr cfh ;f]daf/ k'gM dtbfg ;'? x'Fb} . tl:a/ M /fh' rfkfufO{+÷ /f;;

कावासोती ।  पूर्वी नवलपरासीको देवचुली नगरपालिका वडा नं. ४ स्थित शान्ति सृजना निमावि केन्द्रमा आईतबार स्थगित भएको प्रदेश तर्फको समानुपातिक मतदान कडा सुरक्षा बीच पुनः सुचारू भएको छ ।

जिल्ला निर्वाचन कार्यालय पूर्वी नवलपरासीका प्रमुख लालप्रसाद भुसाले बिहान ७ः५६ बाट मतदान सुरु भएको जानकारी दिनु भयो । भुसालका अनुसार एसिड खन्याएर जलेको मतपेटिका प्रदेश समानुपातिक तर्फको भएकाले प्रदेशतर्फको समानुपातिक निर्वाचनका लागी पुःन मतदान भएको हो । ९ सय ८० जना मतदाताले मतदान गर्ने र निर्वाचनको सुरक्षा व्यवस्था कडा पारिएको भुसालले बताउनु भयो ।

आईतबार मत खसाल्न आएका सोही स्थानका नारायण भण्डारीले प्रदेश समानुपातीक तर्फको मत पेटीकामा एसीड खन्याएर भागेका थिए । मतदान केन्द्रबाट करिब २ किलोमिटर टाढा पुगेर प्रहरीले उनलाई पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे बताउनु भयो ।

 

प्रकाशित : २०७९ मंसिर ५ गते १०:१०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI