एमालेका गाहा दोस्रो पटक प्रदेशसभामा निर्वाचित

NAWALPUR TIMES
प्रकाशित : २०७९ मंसिर ८ गते ७:२३
एमालेका गाहा दोस्रो पटक प्रदेशसभामा निर्वाचित

कावासोती । नेकपा एमालेका नेता रोशनबहादुर गण्डकी प्रदेशसभामा निर्वाचित हुनुभएको छ । उहाँ पुर्वी नवलपरासीको प्रदेशसभा निर्वाचन क्षेत्र १(२) बाट दोस्रो पटक निर्वाचित हुनुभएको हो ।

गाहाले १७ हजार ८ सय २३ मत ल्याएर विजयी हुनु भएको छ भने उहाँका प्रतिस्पर्धी लोकतान्त्रिक वाम गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेकपा माओवादी केन्द्रका लोकप्रसाद भुर्तेल ले १४ हजार १ सय १० मत प्राप्त गर्नु भएको छ । पुर्वी नवलपरासीको प्रदेशसभा निर्वाचन क्षेत्र नं.१(२)मा ६७ हजार ६ सय ४६ मतदाता रहेका थिए भने जम्मा खसेको मत ४५ हजार १ सय २९ रहेको थियो ।

यस अघि जिल्लाको क्षेत्र नं २ को दुवै प्रदेश सभामा क्रमशः एमालेका पदमा जिसि र लक्ष्मण बहादुर पाण्डे निर्वाचित भैसक्नु भएको छ भने प्रदेश सभा १ को १ मा कांग्रेसका महेन्द्रध्वज जिसी विजयी हुनु भएको छ । प्रतिनिधिसभा तर्फ दुवै निर्वाचन क्षेत्र को मतगणना जारी छ ।

प्रकाशित : २०७९ मंसिर ८ गते ७:२३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI