शशांक कोईराला चौथो पटक विजयी

NAWALPUR TIMES
प्रकाशित : २०७९ मंसिर ८ गते १४:१३
शशांक कोईराला चौथो पटक विजयी

कावासोती-

नेपाली कांग्रेसका नेता डाक्टर शशांक कोईराला पूर्वी नवलपरासी क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यमा विजयी हुनु भएको छ ।
कोईरालाले आफना निकटम प्रतिद्वन्दी नेकपा एमालेका कृष्ण पौडेललाई २ हजार २० को मतान्तरले पराजित गर्दै विजयी हुनु भएको हो ।

कोईरालाले २७ हजार ६७ मत प्राप्त गर्दा पौडेले २५ हजार ४७ मत प्राप्त गर्नु भएको हो । त्यसै गरि राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतमले २४ हजार ३ सय ५ प्राप्त गर्नु भएको छ ।

यो क्षेत्रमा ८६ हजार ६ सय ७० मत खसेकोमा ४ हजार १ सय ३ मत बदर भएको छ । यो सँगै कोइराला चौथो पटक संसद सदस्यमा निर्वाचित हुनु भएको हो ।

 

प्रकाशित : २०७९ मंसिर ८ गते १४:१३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI