नवलपुर जीप दुर्घटना अपडेट : ४ जनाको मृत्युु(विवरण सहित)

NAWALPUR TIMES
प्रकाशित : २०७९ मंसिर १५ गते २१:१२
नवलपुर जीप दुर्घटना अपडेट :  ४ जनाको मृत्युु(विवरण सहित)

कावासोती : पूर्वी नवलपरासीको हुप्सेकोट गाँउपालिका – ५ स्थित कान्छि पानी भित्री सडक खण्डमा मा जीप दुर्घटना हुदा ४ जनाको मृत्यु भएको छ ।

दलदलेबाट डेडगाउँ जादै गर्दा ग.प्र ०७ ००१ ज ०००६ नं.को बोलेरो जिप धोबादीको कान्छीपानीमा सडकबाट करिब १५० मिटर तल खसेर  दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेर मृत्यु हुनेहरुमा बुलिङटार ६ का होमबहादुर रानाभाट, बुलिङटार ५ कि मनसुभा बराल, बौदीकाली–२ कि केसरी दराई र ठेगाना नखुलेका यामबहादुर ठाडा रहेको पूर्वी नवलपरासीका प्रहरी प्रमुख भुवनेश्वर तिवारीले जानकारी दिनु भयो ।

त्यसै गरि दुर्घटनामा घाईते भएका जिप चालक दुर्गा बहादुर बिरकट्टा, फुलमाया कुमाल, सुनिता रानाभाट , निश्छल रानाभाट खेमचन्द्र दराई,सिजन दराई, सुना सुनार र उत्तम खत्रीलाई उपचारको लागि अस्पताल पठाईएको र सामान्य घाइते धनजित नेपाली र देवबहादुर नेपालीको स्थानीय स्वास्थ्य चौकीमा उपचार गरिएको तिवारीले बताउनु भयो ।

प्रकाशित : २०७९ मंसिर १५ गते २१:१२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI