स्थिर सरकारको लागि गठबन्धनको निरन्तरता हुन जरुरी छ : नेता कोइराला

NAWALPUR TIMES
प्रकाशित : २०७९ मंसिर १६ गते १८:१८
स्थिर सरकारको लागि गठबन्धनको निरन्तरता हुन जरुरी छ : नेता कोइराला

कावासोती । नेपाली कांग्रेसका नेता एवं पुर्वी नवलपरासी क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा. शशांक कोइरालाले स्थिर सरकारको लागि गठबन्धनको निरन्तरता हुन जरुरी भएको बताउनु भएको छ ।

 

शुक्रबार नेपाली कांग्रेस पुर्वी नवलपरासीले आयोजना गरेको जिल्लाबाट नव निर्वाचित प्रतिनिधी सभा तथा प्रदेश सभा सदस्यलाई सम्मान गर्न आयोजित कार्यक्रम बोल्दै नेता कोइरालाले समृद्धि र विकासको लागि स्थिर सरकार र स्थिर सरकारका लागी अहिलेको गठबन्धनले ५ वर्ष निरन्तरता पाउन जरुरी रहेको बताउनु भएको हो ।

 

‘अहिलेको निर्वाचनमा कसैको बहुमत आएन, जनतालाई समृद्धि र विकास दिन्छौ भनेर जनता सँग मत मागेका छौ, यसका लागि स्थिर सरकार हुन जरुरी छ, त्यो गठबन्धनबाट मात्रै सम्भव छ,’ कोइरालाले भन्नू भयो । फरक प्रसंगमा बोल्दै निर्वाचन बाट अपेक्षा गरे अनुसार जित हासिल नभए पनि ओलीको असंवैधानिक कदमलाई जनताले सजाय दिएको कोइरालाले बताउनु भयो ।

 

त्यस्तै कोइरालाले संसदिय दलबाट दलको नेता चयन हुने भएकाले यो विषयमा निर्वाचित सांसदहरुले उपयुक्त व्यक्ती चयन गर्ने विश्वास व्यक्त गर्दै आफु पनी दलको नेताको तयारीमा रहेको बताउनु भएको छ ।

 

कार्यक्रममा कोइरालाले आगामी पाँच वर्ष पुर्वी नवलपरासीलाई समृद्धि र विकासको दृष्टिले नमुना जिल्ला बनाउने बताउदै कोइरालाले चौथो पटक निर्वाचित गराएकोमा जिल्लाका मतदातालाई आभार व्यक्त गर्नु भएको छ । गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा पुर्वी नवलपरासीमा नेपाली कांग्रेसले प्रतिनिधि सभा तर्फ दुई वटै निर्वाचन क्षेत्र र १ वटा प्रदेश सभा क्षेत्रमा जित हासिल गरेको थियो ।

प्रकाशित : २०७९ मंसिर १६ गते १८:१८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI