पोर्चुगललाई पराजित गर्दै दक्षिण कोरिया अन्तिम १६ मा, घाना बाहिरियो

NAWALPUR TIMES
प्रकाशित : २०७९ मंसिर १६ गते २२:५८
पोर्चुगललाई पराजित गर्दै दक्षिण कोरिया अन्तिम १६ मा, घाना बाहिरियो

कावासोती  । दक्षिण कोरियाले कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा स्थान सुरक्षित गरेको छ । समूह ‘एच’ अन्तर्गतको अन्तिम खेलमा पोर्चुगललाई २-१ ले पराजित गर्दै दक्षिण कोरिया अन्तिम १६ मा प्रवेश गरेको हो ।

दक्षिण कोरियालाई जित दिलाउन किम योङ-गोन र ह्वाङ हि-चानले एक-एक गोल गरे ।

रिकार्डो होर्जाले ५ औँ मिनेटमा पोर्चुगललाई अग्रता दिलाएपनि दक्षिण कोरियाका किम योङ-गोनले २७ औँ मिनेटमा गोल गर्दै खेललाई बराबरी अवस्थामा पुर्‍याए । ह्वाङले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै दक्षिण कोरियालाई नकआउटमा पुर्‍याए ।

जितसँगै कोरियाले ३ खेलबाट ४ अंक जोड्दै समूहको उपविजेता बन्यो । यता ६ अंक जोडेको पोर्चुगल भने विजेताको रुपमा अघिल्लो चरणमा पुग्यो ।

अर्कोतर्फ उरुग्वेले घानालाई २-० ले पराजित गरेर ४ अंक जोडेपनि दक्षिण कोरिया भन्दा पछि पर्‍यो । उरुग्वेलाई जित दिलाउन जियोर्जियन डी अरास्केटाले दुबै गोल गरे । जियोर्जियनले २६ औँ तथा ३२ औँ मिनेटमा गोल गरेका थिए ।

घानाका एन्ड्रे अवेले २१ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्न सकेनन् । उरुग्वेका रोचेटले घानाका कुदुसलाई पेनाल्टी एरियाभित्र लडाएपछि घानाले पेनाल्टी पाएको थियो ।

४ अंक जोडेको उरुग्वेसँगै पराजयपछि जम्मा ३ अंक जोडेको घाना प्रतियोगिताबाट बाहिरियो ।

प्रकाशित : २०७९ मंसिर १६ गते २२:५८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI