आज स्वर सम्राट नारायण गोपालको ३२ औं स्मृति दिवस

NAWALPUR TIMES
प्रकाशित : २०७९ मंसिर १९ गते ९:४२
आज स्वर सम्राट नारायण गोपालको ३२ औं स्मृति दिवस

कावासोती । आज स्वर सम्राट नारायण गोपालको ३२ औं स्मृति दिवस । वि सं २०४७ साल मंसिर १९ गते निधन भएका नेपाली आधुनिक गीत संगीतको दुनियाँमा अद्भूत छाप छाड्न सफल नारायण गोपालको ३२ औं स्मृति दिवस विविध कार्यक्रम गरि मनाईँदै छ ।

वि सं १९९६ सालको असोज १८ गते काठमाडौंको किलागलमा जन्मिनु भएका नारायण गोपालको ५१ वर्षकै उमेरमा निधन भएको थियो ।

नारायण गोपालले नेपाली आधुनिक संगीतको सिर्जनशील–युगको एकक्षत्र नेतृत्व गरेका थिए । साथै सुगम–संगीतको पाठशाला निर्माणमा पनि उनकै देन रहेको छ । आफ्नो जीवनकालमा सयौं गीत गाएका नारायण गोपालका सबै गीत उत्तिकै कर्णप्रिय र कालजयी छन् ।

स्मृति दिवसको अवसरमा नेपाल संगीत प्रज्ञा प्रतिष्ठान तथा नारायण गोपाल संगीत विद्यालयलगायत संघ संस्थाले विभिन्न कार्यक्रमहरुको आयोजना गर्दैछन् ।

प्रकाशित : २०७९ मंसिर १९ गते ९:४२
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI