गृहमन्त्री लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दाको फैसला आजै आउने !

NAWALPUR TIMES
प्रकाशित : २०७९ माघ १३ गते १५:२१
गृहमन्त्री लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दाको फैसला आजै आउने !

शुक्रबार सबै बहस सकिएसँगै फैसला लेखनको काम भइरहेको र आजै अन्तिम फैसला आउनसक्ने सर्वोच्चका प्रवक्ता विमल पौडेलले लोकपथलाई जानकारी दिए ।

‘आज सबै बहस सकिएको छ । फैसला आजै आउन सक्ने देखिन्छ ।’ उनले लोकपथसँग भने ।

यसअघि माघ ११ गते सर्वोच्चको संवैधानिक इजलासले यो मुद्दा हेर्दाहेर्दैमा राखेको थियो । गृहमन्त्री लामिछाने र सरकारी वकिलको कार्यालयका वकिलहरूको बहस नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो । शुक्रबारको संवैधानिक इजलासमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा रहेका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेले अमेरिकी नागरिकता त्यागेको निस्सा नेपाली अधिकारीलाई अहिलेसम्म नबुझाएको बहसका क्रममा वकिलहरूले उठाएका थिए ।

लामिछानेविरूद्ध प्रतिनिधि सभाका सदस्यको रूपमा शपथ नगराउन गत मंसिर २८ गते रिट दायर भएको थियो । तर पुस ६ मा बसेको संवैधानिक इजलासले लामिछानेको नागरिकता र पासपोर्ट विवादबारेको मुद्दामा अन्तरिम आदेश नदिएपछि शपथ लिने बाटो खुलेको थियो । लामिछानेले अमेरिकी नागरिकता लिँदा नेपाली नागरिकता खारेज नगरेको र फेरि अमेरिकी नागरिकता त्याग गरेपछि पनि पुनः पुरानै नागरिकताको प्रयोग गरेको आरोप छ ।

साथै अमेरिकी नागरिकता त्याग नगरी झुटा विवरण पेश गरेर नेपाली राहदानी बनाएको लामिछानेमाथि आरोप छ ।
अनुसन्धान थालेको थियो ।

प्रकाशित : २०७९ माघ १३ गते १५:२१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI