No ads found for this position

साफ यू–२० महिला च्याम्पियनसिप : नेपालले आज बंगलादेशसँग खेल्दै

NAWALPUR TIMES
प्रकाशित : २०७९ माघ २० गते ९:५५
No ads found for this position
साफ यू–२० महिला च्याम्पियनसिप : नेपालले आज बंगलादेशसँग खेल्दै
No ads found for this position

कावासोती । साफ यू–२० महिला च्याम्पियनसिप आजबाट ढाकामा सुरु हुँदैछ । ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा नेपालले आज आयोजक बंगलादेशसँग खेल्दैछ ।

नेपाल र बंगलादेशबीचको खेल नेपाली समय अनुसार साँझ ६ः४५ बजे सुरु हुनेछ । आजको खेलमा जित निकालदै नेपाल सुखद सुरुवात गर्ने योजनामा छ । आयोजकसँग नै जित निकाल्दै मनोबल बढाउने योजनामा नेपाल हुनेछ ।

नेपाली टोलीका मुख्य प्रशिक्षक यम गुरुङले पहिलो खेलमा जित निकाल्दै प्रतियोगितामा आफूहरु सुखद सुरुवात गर्ने लक्ष्य भएको बताएका छन् । उनले टिमले उत्कृष्ट प्रदर्श नर्गे कुरामा आफू विश्वस्त भएको बताए ।

नेपालले प्रिती राईको कप्तानीमा प्रतियोगिता खेल्दैछ । प्रतियोगिताको पहिलो खेलमा भारत र भुटान भिड्नेछन् । प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटानको सहभागि छन् । नेपालले दोस्रो खेलमा आइतबार भुटानसँग खेल्नेछ ।

प्रकाशित : २०७९ माघ २० गते ९:५५
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI