नारायणघाट बुटवल सडक बिस्तारमा निर्माण कम्पनीको चरम लार्पवाही : नेता कोईराला

NAWALPUR TIMES
प्रकाशित : २०७९ फागुन २८ गते १८:४३
नारायणघाट बुटवल सडक बिस्तारमा निर्माण कम्पनीको चरम लार्पवाही :  नेता कोईराला

कावासोती, २७ फागुन (रासस) : नेपाली काँग्रेसका नेता एवं संघीय सांसद डा. शशांक कोईरालाले नारायणघाट बुटवल सडक बिस्तारमा निर्माण कम्पनी चाईना स्टेट ईन्जिनियरिङ कर्पोरसनले चरम लार्पवाही गरेको बताउनु भएको छ ।
विभिन्न कार्यक्रममा सहभागी हुन गृह जिल्ला पूर्वी नवलपरासी आईपुग्नु भएका कोईरालाले पत्रकारहरु सँगको कुराकानीमा निर्माण कम्पनीको ढिला सुस्तीका कारणले जनताले भोगेको सास्तीका विषयमा पटक पटक निर्माण कम्पनीको स्थानिय तथा काठमाडौं स्थित कार्यालयमा गएर ध्यानाकर्षण गराएको भए पनि काम ढिलासुस्ती गर्ने क्रम घटनुको सट्टा झन बढेको बताउनु भएको हो ।

गत साउनमा आयोजनाको म्याद थप्ने बेला सडक बिस्तारको कामलाई तीब्र गतिमा बढाउने भनेर प्रतिबद्धता व्यक्त गरे पनि निर्माण कम्पनीको पछिल्लो कामहरु हेर्दा सन्तोष मान्ने स्थिति नभएको कोईरालाले बताउने भएको हो । काममा ढिलाई हुदाँ यो सडक भएर यात्रा गर्ने यात्रु मात्रै होईन, नारायणघाट देखि बुटवल सम्मका स्थानियलाई ठुलो सम्स्या भएको बताउनु भएका कोईरालाले यस विषयमा काठमाडौं फर्किए लगत्तै प्रधानमन्त्रीको ध्यानाकर्षण गर्ने समेत बताउनु भएको छ । “यात्रा गर्ने यात्रुको समय बर्बाद भएको छ, दैनिक निस्किने धुलोले स्थानियलाई सम्स्या भएको छ, श्वासप्रसासका बिरामी बढन लागेका छन, यसरी काम गरि रहने हो भने चुप लागेर बस्ने अवस्था हुदैन,” कोईरालाले भन्नु भयो ।

साबिकको अवस्थामा बुटवल–नारायणगढ पार गर्न निजी गाडीमा दुई घण्टा र बसमा करिब तीन घण्टा लाग्ने गरेकोमा अहिले ६÷७ घण्टा बढि समय लाग्ने समस्याले जनतालाई निकै सास्ती भएको नेता कोईरालाले बताउनु भयो । कामलाई तीब्रता दिएका दताए पनि काम निकै ढिला भएको कोईरालाको भनाई थियो । “निर्माण कम्पनीले निर्माणलाई तीव्रता दिएको दाबी गरे पनि अवस्था भने उस्तै रहेको छ”, कोईरालाले भन्नु भयो, “सडक विस्तार क्रममा निमार्ण कम्पनीले पुल, कल्भर्ट तथा अन्य संरचना बनाउँदाको खाडल नपुर्दा र भत्किएको सडक मर्मत नगर्दा दिनहुँ सवारीसाधन बिग्रने र क्षति पुग्ने गरेको छ ।”
निमार्ण कम्पनीले कामलाई तीब्रता दिएर यात्रु र स्थानियलाई सहज वतावरण बनाउने तर्फ अगाडी नबढे ठेक्का प्रक्रियालाई यहि अवस्थामा अगाडी बढाउन नसक्ने उहाँको भनाई थियो ।

विसं २०७५ माघ २४ मा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ठेक्का सम्झौता गरेर काम सुरु गरेको थियो । तर, चार वर्षमा २५ प्रतिशत मात्रै काम भएको आयोजनाले जनाएको छ । एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा कुल रु १६ अर्ब ९९ करोड ५२ लाख लागतमा राजमार्गको यस खण्डको विस्तार भइरहेको छ । लागतको ८५ प्रतिशत रकम एडिबीले ऋण उपलब्ध गराएको छ भने बाँकी सरकारकै लगानीमा काम हुने आयोजनाले जनाएको छ। एडिबीले १.५ प्रतिशत ब्याजदरमा ३२ वर्षमा चुक्ता गर्ने गरी ऋण उपलब्ध गराएको हो ।

बयालीस महिनाभित्र सम्पन्न गर्ने गरी यो सडक विस्तारका लागि विसं २०७५ माघमा सरकार र चीनको चाइना स्टेट कन्स्ट्रक्सन इञ्जीनियरिङ कर्पोरेशनबीच सम्झौता भएको थियो। सम्झौताअनुसार विसं २०७९ साउन २२ भित्र निर्माण सम्पन्न गर्नुपर्ने थियो। तोकिएको समयमा काम सम्पन्न नभएपछि सरकारले गत साउनको २३ गतेदेखि लागू हुने गरी तीन–तीन महिनामा आयोजनाको भौतिक प्रगतिको मूल्याङ्कन गरिने र प्रगति त्रैमासिकरूपममा कम्तीमा १० प्रतिशत हुनुपर्ने शर्तसहित तीन सय ८६ दिनका लागि आयोजनाको म्याद थपेको थियो ।

प्रकाशित : २०७९ फागुन २८ गते १८:४३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI