गणतन्त्र दिवसको अवसरमा गैंडाकोट जेसीजद्वारा दिप प्रज्वलन

NAWALPUR TIMES
प्रकाशित : २०८० जेठ १५ गते २१:४१
गणतन्त्र दिवसको अवसरमा गैंडाकोट जेसीजद्वारा दिप प्रज्वलन

गैंडाकोट । गैंडाकोट जेसीजले दिप प्रज्वलन गरि गणतन्त्र दिवस मनाएको छ । गणतन्त्र प्राप्तिको लागि ज्यान आहुती दिने सहिदहको स्मरणमा आज साझ गैंडाकोट नगरपालिका परिसरमा दिप प्रज्वलन गरेर दिवस मनाइएको गैंडाकोट जेसीजका अध्यक्ष रोजन घिमिरेले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि गैंडाकोट जेसीजका पुर्ब अध्यक्ष रमेश काफ्लेले ब्यबस्था बदलिए पनि नागरिकको अवस्था बदलिन नसकेको भन्दै राजनीतिक नेतृत्वले अब सोच्नुपर्ने बेला आएको बताउनुभयो ।

कार्यक्रममा गैंडाकोट जेसीजका निबर्तमान अध्यक्ष शंकर अधिकारी,जेसीजका पदाधिकारी,सदस्य तथा स्थानीय विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको कार्यक्रम संयोजक तथा गैंडाकोट जेसीजका कोषाध्यक्ष अजय पौडेलले जानकारी दिनुभयो ।

गैंडाकोट जेसीजका अध्यक्ष रोजन घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण रमेश कोइरालाले गर्नुभएको थियो ।

प्रकाशित : २०८० जेठ १५ गते २१:४१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI