नवलपुरमा हिन्दु धर्मावलम्बीको संख्या ८७.१३ प्रतिशत

NAWALPUR TIMES
प्रकाशित : २०८० जेठ २० गते २०:४५
नवलपुरमा हिन्दु धर्मावलम्बीको संख्या ८७.१३ प्रतिशत

कावासोती  । नवलपुरमा हिन्दु धर्मावलम्बीको संख्या ८७.१३ प्रतिशत रहेको तथ्यांक सार्वजनिक भएको छ । शुक्रबार  केन्द्रीय तथ्यांक कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय जनगणना, २०७८ को विवरण अनुसार नवलपुरमा हिन्दु धर्मावलम्बीको संख्या ३ लाख २९ हजार ४ सय २५ रहेको छ ।

दोस्रो नम्बरमा रहेको बौद्ध धर्मावलम्बीको संख्या ३३ हजार २ सय ८० रहेको छ । जुन कुल जनसंख्याको ८.८७ प्रतिशत हुन्छ ।

तेस्रो नम्बरमा रहेको क्रिश्चियन धर्मावलम्बीको संख्या ११ हजार ३ सय ६५ (३ प्रतिशत) रहेको छ ।

यसैगरी ईस्लाम धर्मावलम्बीको संख्या २ हजार ५ सय २२ रहेको छ ।  केन्द्रीय तथ्यांक कार्यालयका अनुसार प्रकृति धर्म मान्नेको संख्या ७ सय ७८रहेको छ । यसैगरी ६ सय ३५ जनाले बोन धर्म मान्छन् शिख धर्म मान्नेको संख्या २ जना रहेको छ ।

प्रकाशित : २०८० जेठ २० गते २०:४५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI