गर्मीले कावासोतीका विद्यालय जेठ ३० सम्म बन्द गरिने

NAWALPUR TIMES
प्रकाशित : २०८० जेठ २६ गते १५:२९
गर्मीले कावासोतीका विद्यालय जेठ ३० सम्म बन्द गरिने

कावासोती । तापक्रम बढ्ने क्रम जारी नै रहेकाले कावासोती नगरपालिकाले नगर क्षेत्रभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरू जेठ ३० गते सम्म बन्द गर्ने निर्णय गरेको छ ।

अत्यधिक गर्मीका कारण नगरपालिकाको शिक्षा शाखाले यसअघि गत जेठ १९ गतेदेखि २६ गते शुक्रबारसम्म गर्मी बिदा दिएको थियो ।

शाखा प्रमुख क्षेत्रबहादुर भण्डारीका अनुसार अझ केही दिनसम्म तापक्रम बढ्दो अवस्थामै रहने देखिएकाले जेठ ३० गतेसम्म वर्षे बिदाबाट कट्टा हुने गरी गर्मी बिदा थप गरिएको हो ।

प्रकाशित : २०८० जेठ २६ गते १५:२९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI