कक्षा ५ सम्म निशुल्क गरिने सहमति पछि नगरपालिकामा लगाईएको ताला खुल्यो

NAWALPUR TIMES
प्रकाशित : २०८० जेठ २८ गते १९:१६
कक्षा ५ सम्म निशुल्क गरिने सहमति पछि नगरपालिकामा लगाईएको ताला खुल्यो

कावासोती । कावासोती नगरपालिकामा विगत १० दिन देखि नेपाल विद्यार्थी संघ कावासोतीले लगाएको ताला आईतबार खुलेको छ ।

नेपाल विद्यार्थी संघ र कावासोती नगरपालिकाको वार्ता टोलि बिच आईतबार भएको वार्तामा सहमति भए पछि ताला खोलिएको नेविसंघ नवलपुरका अध्यक्ष हरि सुवेदीले जानकारी दिए ।

आईतबार भएको सहमति अनुसार आगामी आर्थिक वर्ष २०८०/८१मा नगरभित्रका सामुदायिक विद्यालयमा कक्षा ५ सम्म कुनै प्रकारको शुल्क नलिने गरि कार्यक्रम र बजेट व्यवस्था गरिने तथा शैक्षिकसत्र २०८१ देखि लागू गर्ने गरि सहमति भएको अध्यक्ष सुवेदीले बताए ।

त्यसै गरि  माध्यमिक तह सम्म अध्ययनरत गरीब तथा विपन्न जस्ता लक्षित वर्गलाई निःशुल्क शिक्षा प्रदान गर्न कार्यविधि बनाई यही शैक्षिक वर्ष बाट कार्यान्वयन गरिने सहमति भएको सुवेदीले जानकारी दिए ।

नेविसंघ संघ कावासोती नगरसमितिले विगत १५ दिन देखि माध्यमिक तह सम्मको शिक्षा निशुल्क हुनु पर्ने माग गर्दै आन्दोलन गर्दै आएको थियो । माग सुनुवाइ नभए पछ विगत १० दिन देखि नगरप्रमुख र शिक्षा शाखामा ताला लगाएको थियो ।

प्रकाशित : २०८० जेठ २८ गते १९:१६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI