गैंडाकोटमा पोखरीमा डुबेर २ जना बालकको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०८० असार ८ गते २१:१२
गैंडाकोटमा पोखरीमा डुबेर २ जना बालकको मृत्यु

गैँडाकोट । पूर्वी नवलपरासीको गैँडाकोटमा पोखरीमा डुवेर आज साँझ दुइ बालकको मृत्यु भएको छ । गैँडाकोट नगरपालिका वडा नं. ३ तात्रीबास नजिकै सिचाँइका लागि बनाइएको पोखरीमा डुवेर २ बालकको ज्यान गएको हो ।

मृत्युहुनेमा गैँडाकोट ४ घर भएका अन्दाजी १४/१५ वर्षका प्रतिक परियार र प्रविन श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ । गर्मीछल्नका लागि पौडी खेल्न गएका बालकहरु अचानक पोखरीमा डुवेका हुन् ।

दुवैजनाको शव पोष्ट मार्टमका लागि भरतपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ । नवलपुर आसपासमा अत्याधिक गर्मी बढेपछि खोला तथा नदीहरुमा पौडी खेल्नजाँदा दुर्घटनाहुने क्रम बढेर गएको छ ।

प्रकाशित : २०८० असार ८ गते २१:१२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI