नवलपुरमा मध्य असार सम्म मात्रै १३ प्रतिशत रोपाइँ

NAWALPUR TIMES
प्रकाशित : २०८० असार १५ गते १३:१७
नवलपुरमा मध्य असार सम्म मात्रै १३ प्रतिशत रोपाइँ

कावासोती । नवलपुरमा यस वर्ष मध्य असार अर्थात असार १५ सम्म जम्मा १३ प्रतिशत मात्र रोपाइँ भएको छ । धानको बीउँ राख्ने समयमा खडेरी पर्नु र रोपाइँका लागि पर्याप्त पानी नपर्दा किसानले समयमै धान रोप्न नपाएका हुन् ।

अघिल्लो वर्ष असार १५ सम्ममा ५० प्रतिशतभन्दा बढी रोपाइँ सकिएको थियो । यसपालि खडेरीले गर्दा रोपाइँ ढिलो भएको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख गोपालप्रसाद लामिछानेको भनाइ छ ।

बीउ राख्ने समयमा खडेरी परेकाले रोपाइँका लागि अधिकांश बीउ तयारी नभएको र भूमिगत सिँचाइ पर्याप्त नहुँदा समस्या परेको किसानको गुनासो छ । यस वर्ष नवलपुरमा १८ हजार ८ सय १६ हेक्टरमा धान खेती हुने अनुमान गरिएको छ ।

रोपाइँ ढिलो भएपछि धान उत्पादनमा कमी आउने कृषि ज्ञान केन्द्रको आकलन छ । भूमिगत सिँचाइले रोपाइँ गरेका केही किसानलाई पनि आकासे पानी पर्याप्त नपर्दा समस्या भएको छ ।

प्रकाशित : २०८० असार १५ गते १३:१७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI