कावासोतीको वाणखोलामा डुबेर बेपत्ता बालक मृत फेला

NAWALPUR TIMES
प्रकाशित : २०८० असार १७ गते १४:०७
कावासोतीको  वाणखोलामा डुबेर बेपत्ता बालक मृत फेला

कावासोती । शनिबार साँझ कावासोती ७ मा रहेको वाण खोलमा पौडी खेल्न गएको बेला डुबेर बेपत्ता बालकको शव फेला परेको छ ।

जिल्लाको कावासोती नगरपालिका ७ ,रामनगर टोलका १० वर्षीय बालक अप्सन अधिकारी बाडखोलामा पौडी खेल्ने क्रममा वेपत्ता भएका थिए । शनिबार साँझ पौडी खेल्ने क्रममा उनि बेपत्ता भएका हुन् ।

शनिबार साँझदेखी बेपत्ता भएका अधिकारीको शव डुबेको स्थान देखि करीब दुई किलोमिटर तल फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी बेदबहादुर पौडेलले जानकारी दिए ।

बालकको शवलाई पोस्टमार्टम्का लागी मध्यविन्दु जिल्ला अस्पतालमा लगिएको डिएसपी पौडेलले बताए ।

 

प्रकाशित : २०८० असार १७ गते १४:०७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI