गिरिजाप्रसादलाई पहिलो राष्ट्रपति प्रस्ताव गर्न नसकेकोमा मलाई पश्चात्ताप छ : प्रचण्ड

NAWALPUR TIMES
प्रकाशित : २०८० असार १८ गते ११:१०
गिरिजाप्रसादलाई पहिलो राष्ट्रपति प्रस्ताव गर्न नसकेकोमा मलाई पश्चात्ताप छ : प्रचण्ड

प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गिरिजाप्रसाद कोइरालालाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपतिमा आफूले प्रस्ताव नगरेकोमा पश्चात्ताप गरेका छन् ।

सोमवार गिरिजाप्रसाद कोइरालाको सयौं जन्म जयन्तीका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले गिरिजालाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपति बनाउने प्रस्ताव नगरेर आफूले गल्ती गरेको बताएका हुन् ।

आफूले गिरिजाको चाहनाविपरीत पनि कतिपय काम गरेको उनले स्वीकारे। ‘उहाँ (गिरिजाप्रसाद कोइराला)मा कुनै दुविधा, अविश्वास या आशंका थिएन । बरु मैले गल्ती गरेँ उहाँले गर्नुभएन । मैले उहाँसँगको पहिलो भेटमा भनेको कतिपय कुरा र गरेका प्रतिबद्धता पूरा गर्न सकिनँ । मैले उहाँको चाहनाविपरीत पनि कतिपय निर्णय गरेँ,’ उनले भने, ‘म गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री हुँदा उहाँलाई मैले पहिलो राष्ट्रपतिको प्रस्ताव गर्न सकिनँ । मलाई पश्चात्ताप छ । मैले प्रस्ताव नगरेपछि पहिलाको जस्तो विश्वास गर्नुहुन्न भन्ने लागेको थियो। तर, अविश्वास गर्नु भएन ।’

प्रकाशित : २०८० असार १८ गते ११:१०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI