गैडाकोटमा आफ्नै घर अगाडिको खेतमा डुबेर ७० वर्षीय बृद्धको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०८० असार १९ गते १२:१८
गैडाकोटमा आफ्नै घर अगाडिको खेतमा डुबेर ७० वर्षीय बृद्धको मृत्यु

गैडाकोट । नवलपुरको गैडाकोटमा आफ्नै घर अगाडिको खेतमा डुबेर ७० वर्षीय बृद्धको मृत्यु भएको छ । गैडाकोट नगरपालिका १६ अमरापुरीमा घर अगाडिकै खेतमा डुबेर स्थानिय लाल बहादुर कँडेलको मृत्यु भएको हो । विहान खेतमा डुवेको अवस्थामा भेटेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । सोमबार राती पानीले सो क्षेत्र डुवानमा परेको र सडक र खेतको पानीको लेवल बराबर अवस्थामा पुगको स्थानियले बताएका छन् । पानीको निकास नहुँदा बृद्धको डुबेर बृद्धको मृत्यु भएको स्थानिएको आरोप छ ।

वडाध्यक्ष विनोद कुमार मल्लले भने राजमार्ग विस्तारका कारण पानीको निकास नहुँदा समस्या भएको बताउनुभयो । उहाँले पानीको निकास पुरिदा र एकै ठाँउमा पानी केन्द्रित हुँदा डुवान हुने गरेको जानकारी दिनुभयो । मृतक बृद्धको शव पोष्टमाटमका लागि भरतपुर अस्पताल ल्याइएको छ

प्रकाशित : २०८० असार १९ गते १२:१८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI