लम्पी स्किनले नवलपुरमा ४ सय १७ चौपाय मरे

NAWALPUR TIMES
प्रकाशित : २०८० साउन ४ गते १६:४९
लम्पी स्किनले नवलपुरमा ४ सय १७ चौपाय मरे

नारायण शर्मा/कावासोती

चौपायमा महामारीका रुपमा देखिएको लम्पी स्किन रोगले नवलपुरमा गत चार महिनाको अबधिमा ४ सय १७ चौपाय मरेका छन ।

यहा ६ हजार भन्दा बढि चौपाय त्यहि रोगको संक्रमणमा परेका छन । सबै भन्दा धेरै कावासोती नगरपालिकामा मरेको र संक्रमति भएको तथ्यांक छ ।

त्यति हुदापनि सरकारले रोग नियन्त्रणकालागि प्रभावकारी काम गर्न नसकेको भन्दै किसानले सरकारको आलोचना गरेका छन ।

जिल्ला भेटनेरी अस्पताल तथा पशुसेवा बिज्ञ कार्यालयका प्रमुख रिसब गुरागाईले दिएको जानकारी अनुसार कावासोतीमा १ सय ५३ चौपाय मरेको छ । २ हजार २ वटा चौपाय संक्रमित छन । गैडाकोट नगरपालिकामा ४ सय १३ संक्रमित रहेको छ । त्यहा २० वटा मरेको छ ।

देबचुली नगरपालिकामा ५ सय ७५ संक्रमित छ । त्यहा ६३ वटा मरेको छ । मध्यबिन्दु नगरपालिकामा ११ सय ७० संक्रमित र ९७ मरेका छन । सक्रमण बिरुद्ध १४ हजारलाई खोप लगाइएको छ । देबचुली नगरपालिका आफैले खरिद गरेर ८ हजार डोज खोप लगाएको छ ।

नेपालभरी ९ प्रतिसत संक्रमित छ । कावासोतीका कृषक घनलाल सापकोटाले यस्तो महामारी संक्रमण फैलिइसक्दापनि सरकारको उदासिनताले पशुपालक कृषक मारमा परेका बताउछन । महामारी नियन्णमा सरकारले खोप र प्रभावकारी नियन्ण गर्न पर्नेमा त्यस्तो तदारुकता नदेखिएको झारा टार्ने काम भएको उनको भनाई छ । यो रोगले गाई बढि जोखिममा परेको छ । यो जिल्लामा दुग्ध उत्पादन कति घटयो भनेर जिल्ला भेटनरी कार्यालयले ठयाक्कै तथ्यांक सार्वजनिक गरेको छैन । यो रोगले माशिक ६३ हजार लिटर दुध घटेको अनुमान कार्यालयको रहेको छ

। संक्रमण ओरालो लागेको कार्यालय प्रमुख गरागाईको भनाई छ । पूर्वी नवलपरासीमा बार्षिक ३६ हजार ५ सय ४३ लिटर दुध उत्पादन हुदै आएको छ । चौपायको शरिरमा फोका आउने र थलिने यो रोगको मुख्य लक्षण हो । यो रोग लागेका पशु राम्ररी उमालेर मात्र खान सकिने पशु चिकित्सकको भनाई छ ।

गत असार सम्म गण्डकी प्रदेशमा ४९ हजार चौपाय यस्को संक्रमणमा परेका छन ।

प्रकाशित : २०८० साउन ४ गते १६:४९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI