कावासोती नगरपालिकामा अनलाइनबाटै कर तिर्न सकिने

NAWALPUR TIMES
प्रकाशित : २०८० साउन ४ गते १८:३२
कावासोती नगरपालिकामा अनलाइनबाटै कर तिर्न सकिने

कावासोती । कावासोती नगरपालिकाले पहिलो पटक अनलाइनबाट कर तिर्न सकिने सेवा सुरु गरेको छ । मेयर विष्णु भुसालले आफ्नो सम्पत्ति कर अनलाइनमार्फत भुक्तानी गरेर बिहीबार उक्त सेवा शुभारम्भ गरेका छन् ।

घरजग्गा कर, सम्पत्ति कर, भूमि कर, लगायतका विभिन्न सिफारिस बापतको सरकारी राजस्व अनलाइनमार्फत भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ ।

कर तिर्न घन्टौं लाइन बस्नपर्ने अवस्थाको अन्त्य भएको मेयर भुसालले बताए । घरमै बसेर पनि नगरपालिकामा कर बुझाउन सकिने व्यवस्थाले राजस्व चुहावट हुने अवस्थाको पनि अन्त्य गरेको नगरपालिकाको भनाइ छ । यहाँका ८ वटा पालिकामध्ये अनलाइनमार्फत राजस्व भुक्तानी गर्ने व्यवस्था मिलाउने कावासोती पहिलो नगरपालिका हो । अनलाइन सेवा चाँडै सबै वडामा विस्तार गर्ने नगरपालिकाले जनाएको छ ।

प्रकाशित : २०८० साउन ४ गते १८:३२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI