No ads found for this position

मोबाइल क्लिनिकबारे आएका समाचारमा रविले भने- ‘मान्छेको पछि लाग्न छोडेर अब गाडिको पछि…’

NAWALPUR TIMES
प्रकाशित : २०८० साउन २१ गते ११:५०
No ads found for this position
मोबाइल क्लिनिकबारे आएका समाचारमा रविले भने- ‘मान्छेको पछि लाग्न छोडेर अब गाडिको पछि…’
No ads found for this position

कावासोती । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चितवनमा सञ्चालनमा ल्याएको मोबाइल क्लिनिकबारे विभिन्न टिकाटिप्पणी आइरहेका छन्।  उक्त मोबाइल क्लिनिक  पुरानो मेडिकल कलेज भरतपुरसँग रहेको पुरानो एम्बुलेन्स लिएर संचालन गरिएको हो।

तर उक्त एम्बुलेन्सलाइ मोबाइल क्लिनिक बनाइएकोबारे सर्वत्र विरोध भएपछि अस्पतालले फिर्ता मागेको छ।

अस्पतालले नविकरणसमेत नगरेर राखेको एम्बुलेन्स रास्वपाका सभापति रवि लामिछानेले नविकरण गरेर मोबाइल क्लिनिकको रूपमा प्रयोग गरेका थिए।

सबैतिर बिरोध भएपछि उक्त एम्बुलेन्स अस्पतालले नै पुरानो स्वरूपमा फिर्ता लग्ने भएको छ। रविले एम्बुलेन्सको रंग बदलेर पार्टीको झण्डाको रंग निलो लगाएका थियो।

आफूले संचालनमा ल्याएको मोबाइल क्लिनिकबारे नकारात्मक समाचार र टिकाटिप्पणीबारे सामाजिक संजालमा प्रतिक्रिया जनाएका छन्।

उनले मोबाइल क्लिनिकमा आफूलाइ प्राप्त गाडी मात्र परिवर्तन गरेको तर सेवा नरोकिएको जानकारी दिएका छन्। आज उक्त मोबाइल क्लिनिकले जुगेडी क्षेत्रमा बा आमालाइ सेवा दिने पनि रविले जानकारी दिएका छन्।

मान्छेको पछि लाग्न छोडेर अब गाडिको पछि ? भन्दै प्रश्न गरेर उनले आफू समाचारको हेडलाइनले हैरानी भएको पनि बताएका छन्। उनले भोली टायर पुरानो भयो भनेर लेख्न तयार हुनु भन्दै कटाक्षसमेत गरेका छन्।

उनी लेख्छन्,

‘कठै, मोबाइल क्लिनिकमा हामीलाई प्राप्त गाडी मात्र परिवर्तन हुन लागेको हो। मोबाइल क्लिनिक चालू छ। आज जुगेडी क्षेत्रमा  बा आमाको सेवामा हुनेछ।  यो रोकिने होईन, छिट्टै २ वटा हुन्छ। ब्लु बसमा पनि कुनै समस्या छैन। मान्छेको पछि लाग्न छोडेर अब गाडिको पछि रुरु भोलि टायर पुरानो भनेर लेख्न तयार हुनु होला। हैट हेडलाईन आतंकर… हैरानी । सक्दैनौं, सक्दै त सक्दैनौ।’

प्रकाशित : २०८० साउन २१ गते ११:५०
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI