दशलाखको रिचार्ज कार्ड हरायो

NAWALPUR TIMES
प्रकाशित : २०८० साउन २४ गते ८:३५
दशलाखको रिचार्ज कार्ड हरायो

कावासोती । नेपाल टेलिकमले दश लाख रुपियाँको रिचार्ज कार्ड हराएको जनाएको छ । बुधवार सूचना जारी गर्दै टेलिकमले ५० रुपियाँ दरका २० हजार वटा रिचार्ज कार्ड ढुवानीका क्रममा हराएको जनाएको छ ।

टेलिकमका अनुसार सी नं. ११२२१२००१३७८०००१ देखि ११२२१२००१३८००००० सम्मको रिचार्ज कार्ड हराएको र खरिदकर्ताहरूले खरिद नगर्न समेत अनुरोध गरेको छ ।

प्रकाशित : २०८० साउन २४ गते ८:३५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI