गुगल सर्चमा थपियो व्याकरण जाँच गर्ने टुल, यसरी गर्नुहोस् प्रयोग

NAWALPUR TIMES
प्रकाशित : २०८० साउन २५ गते १७:१६
गुगल सर्चमा थपियो व्याकरण जाँच गर्ने टुल, यसरी गर्नुहोस् प्रयोग

कावासोती । गुगलले आफ्नो सर्च इन्जिनमा ‘ग्रामर चेक’ नामक टुल थपेको छ । यो नयाँ टुललाई प्रयोग गरेर प्रयोगकर्ताहरूले आफूले लेखेको वाक्य शुद्ध छ/छैन भनेर जाँच गर्न सक्नेछन् । यसबाट व्याकरण जाँच गर्न सर्च बक्समा आफूले लेखेको वाक्यको अन्त्यमा grammar check, check grammer वा grammer checker जस्ता किवर्डहरू थप्नुपर्ने हुन्छ ।

त्यसपछि गुगलले उक्त वाक्यको व्याकरण सही छ/छैन भनेर प्रतिक्रिया दिने गर्छ । यदि कुनै गल्ती छैन भने त्यहाँ हरियो चेकमार्क देखा पर्नेछ। यदि गल्तीहरू भए उक्त शब्दहरूमा अन्डरलाइन तानिएको हुन्छ । यस टुलले गल्ती भएका वाक्यलाई स्वतः सच्याएर पुनर्लेखन गर्छ । यसरी थपेको शब्दहरू ‘बोल्ड’ हुन्छन् ।

गुगलको नयाँ टुल यसरी प्रयोग गर्न सकिन्छ

यस कामका लागि गुगलले आफ्नो एआई प्रणाली प्रयोग गरेको बताएको छ । यद्यपि यसबाट पूर्ण सही उत्तर भने नपाइने गुगलको भनाइ छ । विशेषगरी आंशिक वाक्यहरू, अपूर्ण वाक्य र धेरै वाक्यमा यस टुलले राम्री काम गर्दैन ।

साथै गुगलको नीति उल्लङ्घन हुने, अश्लील वा अपशब्द भएको वाक्यमा पनि यस टुलले काम नगर्ने बताइएको छ । त्यस्तै अंग्रेजी भाषामा मात्र यो टुल प्रयोग गर्न सकिन्छ ।

यो टुल प्रयोग गर्दा आफूलाई लागेको प्रतिक्रिया समेत दिन सकिन्छ । यसका लागि ‘ग्रामर चेक’को तल दायाँ कुनामा रहेको ‘फिडब्याक’ बटनमा क्लिक गर्नुपर्ने हुन्छ ।

ग्रामर चेकर बाहेक गुगल सर्चमा स्पीड टेस्ट, कलर पिकर, स्पिनर, मेडिटेट, क्याल्कुलेटर, फ्लिप अ कोइन, रोल अ डाइ जस्ता बिल्ट-ईन टुल गुगलले उपलब्ध गराएको छ ।

 

प्रकाशित : २०८० साउन २५ गते १७:१६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI