नारायणीमा माछा मार्न गएका देवचुलीका युवक डुबेर बेपत्ता

NAWALPUR TIMES
प्रकाशित : २०८० भदौ ३ गते ८:४६
नारायणीमा माछा मार्न गएका देवचुलीका युवक डुबेर बेपत्ता

कावासोती । कावासोती । नारायणी नदीमा माछा मार्ने क्रममा डुबेर एक जना बेपत्ता भएका छन् ।

कावासोती नगरपालिका–११ का वडा अध्यक्ष शारदाप्रसाद अधिकारीका अनुसार देवचुली नगरपालिका –११ का २० वर्षीय मंगलसिंह पुलामी नारायणीमा माछा मार्न जाँदा शनिबार दिउँसो साढे १२ बजे बेपत्ता भएका हुन । माछा मार्न नदीमा जाल फाल्दा लतारिएर रहमा डुबेपछि बेपत्ता भएको स्थानीयको भनाइ छ । लोकाह खोला र नारायणीको दोभानमा ती युवक डुबेका हुन् ।

जिल्ला प्रहरीका अनुसार साथीसँग माछा मार्न गएका पुलामी बेपत्ता भएपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए । उनीसँगै डुबेका अर्का एक युवकको तत्कालै स्थानीय माझीले उद्धार गरेका थिए । स्थानीयको सहयोगमा आइतबार बिहान पनि पुलामीको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दियो । खोजी कार्यमा हात्ती समेत परिचालन गरिएको वडा अध्यक्ष अधिकारीले जानकारी दिए ।

प्रहरीका अनुसार गत जेठयता जिल्लाका यहाँका खोला र नदीमा बेपत्ता हुनेको संख्या ६ जना पुगेको छ ।

प्रकाशित : २०८० भदौ ३ गते ८:४६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI