माछा मार्ने क्रममा नारायणीमा डुबेर बेपत्ता पुलामीको शव फेला

NAWALPUR TIMES
प्रकाशित : २०८० भदौ ३ गते १५:०७
माछा मार्ने क्रममा नारायणीमा डुबेर बेपत्ता पुलामीको शव फेला

कावासोती नारायणी नदिमा डुबेर बेपत्ता भएका २० वर्षीय युवकको शव फेला परेको छ ।

शनिबार दिउसो साथीहरुसँग माछा मार्न गएका देवचुली-११ का मंगलसिंह पुलामी माछा मार्न नदीमा जाल फाल्दा लतारिएर रहमा डुबेपछि बेपत्ता भएका थिए ।

कावासोती नगरपालिका वडा नं११ को लोकहा खोला र नारायणी नदिको दोभानमा डुबेर बेपत्ता भएका पुलामीको शव आईतबार फेला परेको देवचुली ११ का वडासदस्य डम्बरबहादुर सिंजालीले जानकारी दिए ।

उद्धार तथा खोजी कार्यमा खटिएका स्थानीय युवाहरुले तियारी जालको सहायताले शव फेला पारेका हुन

स्थानीयक अनुसार साथीसँग माछा मार्न गएका पुलामी बेपत्ता भएपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए । उनीसँगै डुबेका अर्का एक युवकको तत्कालै स्थानीय माझीले उद्धार गरेका थिए ।

प्रकाशित : २०८० भदौ ३ गते १५:०७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI