No ads found for this position

एमाले गण्डकी अधिवेशनमा देवचुलीका प्रमुख उपप्रमुख दुवै पराजित

NAWALPUR TIMES
प्रकाशित : २०८० असोज १९ गते २०:५८
No ads found for this position
एमाले गण्डकी अधिवेशनमा देवचुलीका प्रमुख उपप्रमुख दुवै पराजित
No ads found for this position

कावासोती । नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनमा प्रदेश कमिटी सदस्यको उम्मेदवारी दिएका देवचुली नगरपालिकाका नगरप्रमुख हरिप्रसाद न्यौपाने र उपप्रमुख पार्वता तिवारी दुवै जना पराजित भएका छ्न ।

बिहिबार अबेर राती सम्पन्न मतगणना अनुसार नवलपुरको संघिय निर्वाचन क्षेत्र नं १ ( भुगोल) बाट उम्मेदवारी दिएका प्रमुख न्यौपानेले ३ सय ८१ मत पाएका थिए भने यो क्षेत्रबाट प्रदेश सदस्य जितेका कावासोती नगरपालिकाका मेयर विष्णुप्रसाद भुसालले ५ सय १५ मत पाएका हुन । त्यसै गरि जिल्ला महिला भुगोल कलष्टरबाट प्रदेश सदस्यमा उम्मेदवारी दिएकी उप प्रमुख पार्वता तिवारी पनि पराजित भएकी हुन । यो कल्ष्टरमा नवलपुरबाट ३ जना निर्वाचित हुदाँ तिवारी चौथो नम्बरमा परेकी हुन ।

त्यस्तै प्रदेश कमिटी उपाध्यक्षमा उम्मेदवारी दिएका जिल्ला समन्वय समितिका नवलपुरका प्रमुख बाबुराम विश्वकर्मा अर्का प्रत्यासी स्याङ्जाका मिनप्रसाद गुरुङ सँग पराजित भएका हुन । गुरुङले ५३४ मत पाउँदा विश्वकर्माले ३६२ मत प्राप्त गरे ।

त्यसै गरि प्रदेश सभा सदस्य २ ख बाट निर्वाचित भएका प्रदेश सांसद लक्ष्मणबहादुर पाण्डे समेत प्रदेश सदस्यमा पराजित भएका छ्न । पान्डे पराजित हुँदा नवलपुर जिल्ला खुल्ला भुगोल कल्ष्टर बाट मध्यविन्दु नगरपालिका नगर प्रमुख भिमलाल अधिकारी,टंकामणी शर्मा र देवचुली नगरपालिकाका प्रवक्ता समेत रहेका तिलप्रसाद काफ्ले विजयी भएका हुन ।
त्यसै गरि लेखा आयोग अध्यक्ष सहित तिनै वटा पदमा नवलपुरबाट विजयी भएका छ्न । नवलपुरका अमृतप्रसाद ज्ञवाली, शिवहरी पौडेल र रेखा पौडेल(निर्विरोध) निर्वाचित भएका हुन ।

नवलपुरबाट विजयी भएकाहरु

लेखा आयोग
अध्यक्षमा अमृत प्रसाद ज्ञवाली (४५६)
उपाध्यक्ष शिवहरी पौडेल (४६७)
सदस्य रेखा पौडेल (निर्विरोध)

प्रदेश खुल्ला सदस्यहरु तर्फ
नारायण तिमिल्सना (४९९)
गोपेन्द्र केशरी (५६३)
छत्रराज पौडेल (४६९)

प्रदेश दलित महिला
गोमा नेपाली (४९४)

प्रदेश युवा खुल्ला
विद्रोही गिरी (४९४)

प्रदेश युवा
छविकला पाण्डे (५३७)

प्रदेश आदिवासी महिला
जोगमाया महतो (७१३)

निर्वाचन क्षेत्र नवलपुर १
बिष्णु प्रसाद भुसाल (५१५)

निर्वाचन क्षेत्र नवलपुर २
सुर्य प्रसाद पाण्डे (४५०)

नवलपुर भुगोल खुल्ला
भिमलाल अधिकारी (५९७)
टंकमणी शर्मा (४७५)
तिलप्रसाद शर्मा (४७१)

जिल्ला महिला भुगोल
सरस्वती पन्थी (५३७)
विन्दा गैह्रे (५०६)
देउकला बराल (४९०)

जिल्ला भुगोल दलित
कृष्ण बिक (निर्विरोध)

प्रकाशित : २०८० असोज १९ गते २०:५८
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI