जनताले संघीयता मान्य छैन भनेर देखाइसके : चित्रबहादुर केसी

NAWALPUR TIMES
प्रकाशित : २०८० असोज २१ गते १६:५२
जनताले संघीयता मान्य छैन भनेर देखाइसके : चित्रबहादुर केसी

कावासोती । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जनतालाई संघीय व्यवस्था मान्य नभएको बताएका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद केसीले नेपाली जनताले नेपालमा एकात्मक प्रणालीको विकल्प संघात्मक प्रणाली हुन नसक्ने कुरा महशुस गरिसकेको बताए ।

उनले भने, ‘६ वर्षमा संविधानमा लेखिए अनुसार त्यसको न्वारन पनि हुन्छ । न्वारनमा बाहुनहरुले नाम किटानी गरिसकेपछि त्यो नाम भएन भनेर फेरी त्यहाँ उत्पात मच्चिन्छ । कतिचोटी त्यहाँ सरकार बने ? कति भत्किइरहेछन् । यो जात्रा सुन्न र देख्न नेपाली जनताले परेको छ । नेपाल एकात्मक प्रणालीको विकल्प संघात्मक प्रणाली हुँदै होइन । नेपाली जनताले महशुस गरिसके।’

उनले नेपाली जनताले संघीयता मान्य छैन भनेर देखाइसकेको बताए । उनले जनतालाई मान्य नहुँदापनि संघीयताको मुरली किन बजाइरहेको भनेर सांसदहरुलाई प्रश्न गरे । उनले मुख्यमन्त्रीहरुलाई भैसेपाटीमा दरबार बनाउनु नै संघीयता हो भनि प्रश्न समेत गरे ।

प्रकाशित : २०८० असोज २१ गते १६:५२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI