मध्य नेपाल साकोस : सहमति नभए पछि अध्यक्ष र उपाध्यक्षको निर्वाचन हुने

NAWALPUR TIMES
प्रकाशित : २०८० असोज २१ गते १९:५२
मध्य नेपाल साकोस : सहमति नभए पछि अध्यक्ष र उपाध्यक्षको निर्वाचन हुने

कावासोती । नवलपुरको देवचुलीमा रहेको मध्यनेपाल वचत ॠण सहकारी संस्थाको नयाँ नेतृत्वका लागी असोज २७ गते शनिबार निर्वाचन हुने भएको छ ।

अध्यक्ष र उपाध्यक्ष पदमा सर्वसम्मत हुन नसके पछि निर्वाचन हुने तय भएको हो । अध्यक्ष र उपाध्यक्ष बाहेकका पदमा भने सर्वसम्मत भएको जानकारी दिदैँ निर्वाचन संयोजक धर्मदत्त भुसालले असोज २७ गते अध्यक्ष र उपाध्यक्ष पदमा निर्वाचन हुने बताएका हुन ।

अध्यक्ष पदमा तुलमणी पौडेल र काशिराम काफ्ले तथा उपाध्यक्ष पदमा चुडामणि तिमिल्सिना र प्रेमा खनाल बिच निर्वाचन हुने भएको हो ।

यसै बिच सचिवमा डिलाराम पाण्डे, कोषाध्यक्षमा जगन्नाथ अर्याल र सदस्यहरूमा लिलाधर अधिकारी, विष्णु देवी श्रेष्ठ, लीलादेवी शर्मा, देवेन्द्र भट्टराई, नवराज पोख्रेल, रमेश प्रसाद भुर्तेल, कान्तिमाया गिरी, यमकला शर्मा र रोशन कुमार राउत सर्वसम्मत रुपमा चयन भएका छन भने लेखा तथा सुपरीवेक्षण समिति संयोजकमा सुरेन्द्र रिजाल र सदस्यमा अञ्जु लुँइटेल र सुनिल न्यौपाने सर्वसम्मत चयन भएका निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित : २०८० असोज २१ गते १९:५२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI