भीमनिधी तिवारीका दुई वटा रचना नाटकका रुपमा मन्चन गरिदैँ

NAWALPUR TIMES
प्रकाशित : २०८० कार्तिक १४ गते २१:२५
भीमनिधी तिवारीका दुई वटा रचना नाटकका रुपमा मन्चन गरिदैँ

कावासोती । साहित्यकार भीमनिधी तिवारीका दुई वटा रचनालाई नवलपुरमा नाटकमा रुपान्तरण गरेर मन्चन गरिने भएको छ ।

कक्षा ८ को नेपाली विषयमा पढाई साहित्यकार तिवारीको कथा अमर पुत्र र कक्षा १० को नेपाली विषयमा पढाइ हुने
एकांकी घरको मायालाई नाटकमा रुपान्तरण गरेर मन्चन गर्न लागिएको एफएमका प्रबन्ध निर्देशक दिपेश कडरियाले जानकारी दिए ।

देवचुलीको दलदलेमा रहेको ह्याप्पी एफ एमको आयोजनामा देवचुली-१७ मा रहेको वरचुली माध्यमिक विद्यालयमा मन्चन हुने नाटकको परिकल्पना तथा निर्देशन परिवर्तनको तथा प्रस्तुति पोखरा थिएटरको रहने छ ।

आगामी कार्तिक १९ गते आइतबार देखि मन्चन गरिने नाटक दैनिक बिहान १०ः३० बजे, दिउँसो १२ः१५ बजे र २ः०० बजे गरि ३ पटक मन्चन गरिने आयोजकले जानकारी दिएको छ । नाटक हेर्नको लागी विद्यार्थीहरुलाई २ सय र अन्यको लागी ३ सय रुपैंयाको टिकट दर राखिएको छ ।

यस अघि पनि एफएमले पोखरा थिएटर सँगको सहकार्यमा गत फागुन १६ र १७ गते एक चिहान नाटक मन्चन गरेको थियो ।

प्रकाशित : २०८० कार्तिक १४ गते २१:२५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI