दुम्किबास-त्रिवेणी सडक नबने संघीय सरकारसंग सम्वन्ध बिच्छेद गरिन्छ: मुख्यमन्त्री पाण्डे

NAWALPUR TIMES
प्रकाशित : २०८० कार्तिक १५ गते १३:१५
दुम्किबास-त्रिवेणी सडक नबने संघीय सरकारसंग सम्वन्ध बिच्छेद गरिन्छ: मुख्यमन्त्री पाण्डे

सालिकराम कोइराला,कावासोती । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा पर्ने विनयी त्रिवेणी गाउँपालिकाको दुम्किवासबाट त्रिवेणी पुग्ने मोटरबाटो बनाउन संघीय सरकारले सहजिकरण नगरे केन्द्र सरकारसँग सम्बन्ध विच्छेद गरिने गण्डकी प्रदेशका मुख्यमन्त्री शुरेन्द्रराज पाण्डेले चेतावनी दिएका छन् ।

बुधवार नवलपुरको कावासोतीमा आयोजित एक समारोहमा मुख्यमन्त्री पाण्डेले यस्तो चेतावनी दिएका हुन् । नवलपुरको समस्याको बारेमा आफुले प्रधानमन्त्री र संघीय सरकारसंग पटक,पटक छलफल गरेको तर समस्या समाधान हुन नसकेकोमा पाण्डेले यस्तो अभिव्यक्ति दिएका हुन् ।

केन्द्र सरकारले प्रदेश सरकार पनि स्वायत्त सरकार हो भनेर बुझ्नु पर्दछ। यदि दुम्किबास-त्रिवेणी मोटरबाटो बनाउने कुरामा अल्झाईरहने हो भने हामी स्वायत्त सरकारको हैसियतले केन्द्रसंगको सम्बन्ध तोडेर अघि बढ्छौ,मुख्य मन्त्रीले भने।नवलपुरलाई प्रदेशसंग जोड्न नसक्दा नवलपुरले एक्लिएको महसुस गरेको छ मुख्यमन्त्रीले थपे।

नवलपुरबाट संघीय राजधानी पोखरा पुग्ने सडक पनि छैन। राज्य गंभिर भएर यसतर्फ लागोस् भनेर आफुहरूले पटक, पटक प्रदेश सरकार समक्ष कुरा उठाएको गण्डकी प्रदेश सभा सदस्य रोशन बहादुर गाहाले उल्लेख गरे।गण्डकी प्रदेशले नवलपुरलाई हेर्ने दृष्टिकोण बदल्नुपर्ने उनको भनाइ थियो।

पृथ्वी सुब्बा गुरूङ गण्डकी प्रदेशको मुख्यमन्त्री हुँदा कोराला-त्रिवेणी सडकलाई प्रदेशको लाइफ लाइन भनि नीति तथा कार्यक्रममा समावेश गरेपनि सो अनुसार कुनै कार्य गर्न नसकेको गंभिर आरोप छ।गण्डकी प्रदेशका मुख्यमन्त्रीहरूले नवलपुरलाई केवल इन्जोय जोनको रूपमा लिने गरेका छन्।यहाँको समस्याप्रति जिम्मेवार र जवाफदेहि हुन नसकेको जन गुनासो बढेको छ।

प्रकाशित : २०८० कार्तिक १५ गते १३:१५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI