कावासाेतीमा सयपत्री फूलको मुल्य प्रति केजी ५ सय रुपैयाँ कायम

NAWALPUR TIMES
प्रकाशित : २०८० कार्तिक २४ गते १५:०७
कावासाेतीमा सयपत्री फूलको मुल्य प्रति केजी ५ सय रुपैयाँ कायम

कावासाेती । नवलपुरकाे कावासाेतीमा सयपत्री फूलकाे मूल्य निर्धारण गरिएको छ।

कावासाेती नगरपालिका र यहाँका फूलखेति गर्ने किसानका बिच भएको छलफलमा तिहारका लागि सयपत्री फूलकाे मूल्य निर्धारण गरिएको हाे । छलफलबाट सयपत्री फूलकाे मूल्य प्रतिकेजी ५ सय रुपैयाँ ताेकेकाे हाे । बजारमा फूलकाे मूल्य एकरुपता कायम गर्न पालिकाकाे समन्वयमा मूल्य निर्धारण गरिएको हाे ।

अधिक्तम उपभोक्ता मूल्य निर्धारण प्रतिकेजी ५ सय रुपैयाँ ताेकिएकाे छ भने
फूलकाे माला साइज हेरेर १०० देखि १३० रुपैयाँ सम्म ताेकिएको छ ।

कावासाेती नगरपालिकाले सयपत्री फूलकाे प्रवर्द्धनका लागि मूल्य निर्धारण सहित प्लास्टिकका माला नियन्त्रण गर्न अनुगमन समेत गरेको नगर प्रमुख विष्णुप्रसाद भुसालले बताए ।

प्रकाशित : २०८० कार्तिक २४ गते १५:०७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI